अर्मलाका बाढी पिडितलाई पुर्वेली एकता समाजको सहयोग
पाेखरा | असार १८, २०७९
पोखरा : पोखरा महानगरपालिका वडा नं १६ अर्मला फेदिका बाढी पहिरो पीडित पाँच परिवारलाई पुर्वेली एकता समाजले सहयोग गरेको छ । स्थानीय राम बहादुर मगर तथा अति बिपन्न पुरे बिकको परिवारलाई खाद्यान्न तथा आधारभूत बन्दोबस्तीका सामान हरु वितरण गरिएको समाजका अध्यक्ष गुणराज बाँस्तोलाले जानकारी दिए ।
वितरण गरिएका सामानमा सिरक, डसना, पाँच जनाको परिवारलाई चाहिने भाँडाकुँडा लगायत छन् । वडा नं १६ का वडा अध्यक्ष अमृत शर्मा तिमिल्सिना तथा अन्य जनप्रतिनिधिको उपस्थितिमा राहत वितरण गरिएको हो ।
असार ११ गते बिहानपख परेको अविरल बर्षाको कारण आएको बाढीले मगरको घर पुर्ण रूपमा क्षती भएको हो भने अरु १२ घर आंशिक रूपमा क्षति भएको थियो ।
राहत हस्तान्तरण कार्यक्रमको संचालन समाजका सचिव मंगल लिम्बुले गरेका थिए। कार्यक्रममा समाजका सदस्य धनबहादुर तामाङले नगद रु एक हजार पाँच सय पाँच रुपैयाँ पीडित मगरलाई हस्तान्तरण गरेका थिए ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म विभिन्न ७ मुद्दा दायर गरेको छ । अनुगमन एवं निरीक्षणका क्रममा विभिन्न खाद्य उद्योगहरुले न्यूनस्तर खाद्य पदार्...
रुकुम पश्चिम/पूर्वी रुकुम — पृथ्वी होटल व्यवसायी समिति पोखराले सञ्चालन गर्दै आएको “पोखरा जाऔं, प्रकृतिसँग रमाऔं” अभियान अन्तर्गत आज रुकुम पश्चिमको मुसिकोट र पूर्वी रुकुमको रुकुमकोटमा पर्...
कास्की जिल्ला अदालतबाट विभिन्न कसूरमा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका २७ जना फरार प्रतिवादीहरूलाई प्रहरीले एकै दिन पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका कार्य...

